अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।
अहिले दीपाश्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेको उनका सहकर्मी दीपकराज गिरीले जानकारी दिए। दीपकका अनुसार दीपालाई आइसीयूबाट निकालिएको छ भने एकसातापछि डिस्चार्ज गर्ने तयारी छ।
अभिनेता गिरीले सामाजिक सञ्जालमा फोटो अपलोड गरी लेखेका छन्-सुटिगंको बिचमा दीपाजी लाइ ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामि अन्यौलमा पर्यौ , तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो ! धेरै ठॅाउबाट भारत जाने सल्लाह पाइयो, तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्त द्दारा शल्यक्रिया गर्ने निर्णय भयो।’
‘अझै एक साता हस्पिटलमा राखेपछि डिस्चार्ज गर्ने तयारी छ’ दीपकले भने, ‘अहिले उहाँको अवस्था सुधारोन्मुख छ।’








