images
images

सामसुङ नेपालद्वारा ग्यालेक्सी A27 5G नेपाली बजारमा सार्वजनिक, उत्कृष्ट एआईलगायत फिचर्सका साथमा

काठमाडौँ- सामसुङ नेपालले नेपाली बजारमा आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी A27 5G’ (Galaxy A27 5G) आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

युवा उपभोक्ताहरूलाई लक्षित गर्दै बजारमा ल्याइएको यस फोनमा प्रिमियम एआई फिचर्स, भरपर्दो कार्यक्षमता, बलियो सुरक्षा र लामो समयसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराइएको छ । सामसुङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार कम्पनीले एआई प्रविधिलाई सबैको पहुँचमा पुऱ्याउने प्रतिबद्धता स्वरूप यो फोन ल्याएको हो ।

साथै, उपभोक्ताहरूको सहजताका लागि कम्पनीले २४ महिनाको इएमआई (EMI) सुविधा पनि उपलब्ध गराएको छ ।

यो स्मार्टफोनमा ७.८ एमएमको स्लिम डिजाइन र ६.७ इन्चको FHD+ सुपर अमोलेड (Super AMOLED) डिस्प्ले रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्दछ । लाइट ग्रिन, लाइट पिंक र ब्ल्याक रंगहरूमा उपलब्ध यस फोनमा अपग्रेड गरिएको इन्फिनिटी-ओ (Infinity-O) पञ्च-होल डिस्प्ले डिजाइन प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ ।

कार्यक्षमताको कुरा गर्दा, यसमा ४ एनएम (4nm) को स्न्यापड्रैगन ६ जेन ३ (Snapdragon® 6 Gen 3) मोबाइल प्लेटफर्म राखिएको छ, जसले एपहरू चलाउन, भिडियो स्ट्रिमिङ गर्न र एआई एप्लिकेसनहरू प्रयोग गर्न सहज बनाउँछ ।

ग्यालेक्सी A27 5G मा विशेष एआई सुविधाहरू जस्तै भ्वाइस ट्रान्सक्रिप्सन (Voice Transcription) समावेश गरिएको छ, जुन विद्यार्थी र व्यावसायिक व्यक्तिहरूका लागि उपयोगी हुनेछ । यसमा गुगल जेमिनी (Google Gemini) र पर्प्लेक्सिटी (Perplexity) जस्ता एआई असिस्टेन्टहरूको सपोर्ट हुनुका साथै सामसुङको आफ्नै ग्यालेरी एपमा पनि एआई फिचर्स एकीकृत गरिएको छ ।

फोनमा ५० मेगापिक्सेलको ओआईएस (OIS) मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा-वाइड, २ मेगापिक्सेलको म्याक्रो र १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा ५००० एमएएच (5000 mAh) को ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ भने यो एन्ड्रोइड १६ (One UI 8.5) मा आधारित छ ।

नेपाली बजारमा यो फोन दुईवटा भेरियन्टमा उपलब्ध छ, जसमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ५५,९९९ तथा ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६९,९९९ तोकिएको छ ।

ग्राहकहरूका लागि सामसुङले आकर्षक एक्सचेन्ज (ट्रेड-इन) अफर पनि ल्याएको छ, जसमा पुराना छानिएका डिभाइसहरू साटिएमा थप रु ८,००० सम्मको बोनस पाइनेछ ।

यसका साथै, ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा मात्र रु १,५१९ को मासिक किस्ता (EMI) मा यो फोन खरिद गर्न सक्नेछन् र यसमा एनसेलको तर्फबाट १२० जीबी डाटा बोनस समेत प्राप्त हुनेछ ।