images
images

कोरिया जान आवेदन खुला, यस वर्ष सात हजार दुई सय कोटा

काठमाडौँ – दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ९भ्एक्० अन्तर्गत रोजगारीका लागि पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुला भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गतको ई।पि।एस। कोरिया शाखाले मंगलबार अनलाइन आवेदन आह्वान गरेको हो।

एयष्लत द्यबकभम क्भभिअतष्यल क्थकतझ अन्तर्गत सञ्चालन हुने यस परीक्षा मार्फत कूल ७ हजार २०० जना परीक्षार्थी उत्तीर्ण गराउने अनुमानित लक्ष्य राखिएको विभागले जनाएको छ।

जस अनुसार उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी पाँच हजार, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार जना, सेवा क्षेत्रमा सय ना र वन क्षेत्रमा सयजनाको कोटा रहेको छ।

आवेदकहरूले जुनसुकै एउटा क्षेत्र र त्यसको उपक्षेत्र मात्र छनोट गरी आवेदन फारम भर्न पाउनेछन्। प्रथम चरणको भाषा परीक्षा उत्तीर्ण गरेपछि क्षेत्र परिवर्तन गर्न नपाइने विभागले जनाएको छ।

पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्यांकनसमेत उत्तीर्ण गरेपछि मात्र अन्तिम छनोट सूची निकालिनेछ।

१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानूनी रुपमा बसोबास गरी फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा पाँच वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने योग्यता तोकिएको छ।

आवेदन साउन ११ देखि साउन १७ गतेसम्म भर्न सकिनेछ।