काठमाडौँ -व्यवसायी शंकर अग्रवाललाई पक्राउ परेका छन् ।
अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।








