images
images

काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान

काठमाडौँ -नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ ।  पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो । वीपी स्मृति दिवसको छुट्टै भेला गरेको उक्त पक्षले राष्ट्रिय भेलाको घोषणा गरेको हो ।

काठमाडौंमा जारी भेलालाई सम्बोधान गर्दै नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने बताउनु भयो । सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा हुने समेत उहाँले जानकारी दिनुभयो ।

उहाँले पार्टीको १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भएपनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैले हामीले निर्णय गर्न ढिला ग¥यौं भनेर भन्नुहुन्छ । त्यो त होइन नि त, हामीले त सकेसम्म मिलेर जानको लागि समय लिएको हो आज हामीले निर्णय गरेका छौँ आज श्रावण ६ गते चयो । आजको ठिक २३ दिनपछि २९ गतेमा हाम्रो चाहिँ राष्ट्रिय भेला हुन्छ । विशेष महाधिवेशनवालाहरूले पार्टीलाई चाहिँ कब्जा गरिसकेपछि सातै प्रदेशमा भेला भयो । अब राष्ट्रिय भेला गरेर अनि आफ्नो बाटो चाहिँ लिने भन्ने कुरा भएको छ ।’

उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु निरन्तर लागि परेको भएपनि संस्थापन पक्षको व्यक्तिवादी सोच र स्वार्थका कारण सफल हुन नसकेको तर्क पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल