images
images

कांग्रेसले बनायो गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता

काठमाडौँ – नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाएको छ।

४४औँ बिपी स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी गराएका हुन्।

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिएका श्रेष्ठ हाल अस्वस्थ छन्।

क्यान्सर रोगबाट पीडित श्रेष्ठ हाल उपचारको क्रममा छन्।

उनी कांग्रेसका पूर्वउपसभापतिसमेत हुन्।