images
images

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौँ – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले उनका भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएकोे छ। उनी भ्रमणपश्चात यही साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ। उक्त भ्रमण दलमा प्रधान न्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिष्ट्रार अमित उप्रेती सहभागी छन्।