images
images

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ – सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोपमा पक्राउ परेकी वेदिका केसीलाई अदालतले एक दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले केसीलाई एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

उनलाई प्रहरीको साइबर ब्यूरोले आजै पक्राउ गरेको थियो।

युट्युब तथा अन्य सामाजिक सञ्जालबाट राधिका दासीबिरुद्ध विभिन्न अफवाह फैल्याएको आरोपमा  वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न सामाजिक सञ्जाल तथा युट्युबमार्फत उनले कथावाचिका राधिका दासीबिरुद्ध अप्रमाणित कुरा फैल्याएको आरोप छ।