images
images

लहानमा प्रहरीले गोली चलायो, ६ पक्राउ

काठमाडौं-  सिरहाको लहानमा गोली चलेको छ ।

काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्युरो टोलीले लहानमा गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ।

लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर ब्युरो टोलीले  ५ भारतीय र १ नेपालीलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट खैरो हिरोइन २ सय २५ ग्राम बरामद भएको प्रहरीले बताएको छ।

एक भारतीय र एक नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।