काठमाडौं -नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिनमा सरकार उल्ट्याउन सक्ने बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चाहे एकै दिनमा सरकार उल्टिने बताएका हुन् ।
“हरेक पार्टीले आफ्नो गच्छे र क्षमताअनुसार देशभरिबाट ५/७ लाख जनता काठमाडौंमा र हरेक सदरमुकाममा एक डेढ लाख उतारेर गर्यो भने हुँदैन त,” प्रचण्डले भने, “एकै दिनमा धर्ती आकाश फेरबदल हुने रैछ नि । उनीहरूले नै सिकाएका छन् ।”
फेरि सरकार बनाउने र गिराउने खेलमा लागे उठ्नै नसक्ने गरी थचारिने उनले बताए ।








