काठमाडौँ – काठमाडौँको तारकेश्वरमा कारभित्र एक महिला मृत फेला परेकी छन्।
तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रनजिकै राखिएको कारभित्र तारकेश्वर नगरपालिका–९ की ४५ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
उनी शुक्रबार बिहान ७ बजेदेखि हराएकी थिइन्। शनिबार दिउँसो १ बजे इभी कारभित्र पछाडिको सिटमा मृत फेला परेकी हुन्। उनी जलेको अवस्थामा मृत फेला परेको एसपी भट्टराईले बताए।
प्रहरीका अनुसार उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडको रुपमा कार्यरत थिइन्।








