हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्।
शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री कँडेलविरुद्ध असार ३२ गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
उक्त प्रस्तावमाथि छलफलका लागि आज प्रदेशसभा बैठक आह्वान भएको थियो।








