भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।
कक्रोच जनता पार्टीको नेतृत्वमा राजधानी नयाँ दिल्लीसहित देशभर विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानले शनिबार पदबाट राजीनामा दिएका हुन्।
‘नीट’ प्रश्नपत्र बाहिएको घटनामा विद्यार्थीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए। ‘नीट’ भारतमा हुने एक राष्ट्रिय स्तरको प्रवेश परीक्षा हो। मेडिकल क्षेत्रमा आफ्नो करियर बनाउन चाहने विद्यार्थीले यो परीक्षा पास गर्नु अनिवार्य हुन्छ।
विद्यार्थीहरूले नयाँ दिल्लीको जन्तरमन्तरमा ३६ दिनदेखि आन्दोलन गरिरहेका छन्।








