images
images

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

काठमाडौं -दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गर्नुभएको हो।
आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त गर्न सक्नेछन्। विशेषगरी वसन्तपुर डबली क्षेत्रमा खोलिएको यो आउटलेटले स्थानीय बासिन्दासँगै स्वदेशी तथा विदेशी पर्यटकलाई समेत सेवा प्रदान गर्ने लक्ष्य लिएको डिडिसीले जनाएको छ

 

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै महाप्रबन्धक डा. पाण्डेले डिडिसीले उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको बताउनुभयो। उहाँका अनुसार साउन महिनाभरि नयाँ अवधारणा र नयाँ मोडेलका साथ सेवा प्रवाह गरिनेछ।
उहाँले डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको उल्लेख गर्दै मागलाई सहज रूपमा पूरा गर्न काठमाडौं उपत्यकाभित्र ३० भन्दा बढी स्थानमा सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

डिडिसीले गुणस्तरीय उत्पादनलाई उपभोक्ताको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ।