images
images

सुनसरीमा भएको घटनाको विरोध गर्दै जनकपुरधाममा प्रदर्शन, प्रधानमन्त्रीका सल्लाहकारको फोटो जलाइयो

जनकपुरधाम – सुनसरीमा दुई समूहबीच भएको घटनाको विरोधमा जनकपुरधाममा पनि प्रदर्शन सुरु भएको छ। आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रदर्शन सुरु भएको हो।

हिन्दू सम्राट सेनाको अगुवाईमा रामानन्द चौकमा सडक अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो। प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का सल्लाहकार असीम साहको फोटो समेत जलाएका छन्। प्रदर्शनकारीहरुले साहलाई प्रधानमन्त्रीको सल्लहाकारबाट तथा संविधान संशोधन संंयोजक पदबाट हटाउनुपर्ने भन्दै नारावाजी गरेका छन्।

प्रदर्शनकारीहरुले सुनसरीमा भएको घटनाको विरोधमा प्रदर्शन गर्दै ‘मुस्लिम आयोग खारेज गर’, ‘हिन्दू राष्ट्र कायम गर’ लगायतका नारा समेत लगाएका छन्।