images
images

रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह मनोनीत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता पदमा मनोनीत गरेको छ।

बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यो महत्वपूर्ण निर्णय गर्दै शाहलाई वरिष्ठ नेताको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

यसअघि चुनावभन्दा अगाडि नै रास्वपा र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहबीच भएको राजनीतिक सहमतिका आधारमा उनलाई वरिष्ठ नेता बनाइएको हो।

सोही सहमतिलाई कार्यान्वयन गर्न पार्टीले आफ्नो संशोधित विधानमा वरिष्ठ नेता पदको विशेष व्यवस्था समेत थप गरेको छ।