images
images

रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

रास्वपाको विधानमा वरिष्ठ नेता सभापतिले मनोनीत गर्न पाउने प्रावधान छ । बैठकले सचिवालय समेत गठन गरेको छ । बैठकले निर्वाचत पदाधिकारीहरू समेटेर सचिवालय गठन गरेको हो ।

सचिवालयमा पार्टी सभापतिलामिछाने सहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहनु भएको छ ।

एक–एक उपसभापति र महामन्त्री, दुई सहमहामन्त्री, प्रवक्ता, दुई सहप्रवक्ता र एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी छ ।