काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आफू संघीयता विरोधी नभएको बताएका छन्।
शुक्रबार मधेसवादी दलका नेताहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्न आग्रह गरेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।
महतोले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट संघीयता विरोधी प्रस्ताव पारित भएको विषय प्रधानमन्त्रीसमक्ष उठाएको बताए। त्यस क्रममा प्रधानमन्त्री शाहले संघीयतालाई बलियो बनाउने पक्षमा आफू रहेको बताएको महतोले जानकारी दिए।
प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै महतोले भने, ‘मलाई संघीयता विरोधी सपनामा पनि नसोच्नुहोला। संघीयतालाई कसरी बलियो बनाउने नै हो। त्यो संरचनामा केही परिवर्तन ल्याउने कुरा थियो। तर त्यहाँ गलत सन्देश गएको छ।’








