images
images

सामाजिक सद्भाव र एकता कायम राख्ने कार्यमा जुट्न नेकपाको अपिल

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले तराई(मधेसका विभिन्न क्षेत्रमा भएका द्वन्द्व र हताहतीको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सुनसरी, सिरहा लगायतका क्षेत्रमा भएका झडपमा परी तीन जनाको मृत्यु भएको र ठूलो संख्यामा घाइते भएको विषयमा छानबिनको माग गरेको हो।

नेकपाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रधानमन्त्री र सरकारले परिस्थितिलाई राजनीतिक रूपमा सम्बोधन गर्नुको साटो केवल प्रशासनिक र प्राविधिक शक्तिको प्रयोगबाट समाधान खोज्नु त्रुटीपूण भएको जनाएको छ ।

समस्याको दिगो समाधानका लागि सम्पूर्ण सरोकारवालाहरूसँग राजनीतिक संवादमा आउन सरकारलाई आग्रह गरिएका प्रवक्ता प्रकाश ज्वालाले बताए।

उसले संवेदनशील परिस्थितिको फाइदा उठाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र सामाजिक न्यायलाई कमजोर पार्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। समुदायबीच वैमनस्यता र घृणा सिर्जना गर्ने कुनै पनि षड्यन्त्रप्रति गम्भीर रूपमा सचेत रहन जनतालाई आह्वान गरेको छ।

सामाजिक सद्भाव र एकता कायम राख्न पार्टीले आफ्ना सम्पूर्ण तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल र संघसंस्थाहरूसँगको समन्वयमा संवाद र सद्भार्व याली जस्ता कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ।

नेकपाले यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्दै शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको रक्षा गर्ने समय भएको कुरामा जोड दिएको छ। संयम र जिम्मेवारीपूर्ण व्यवहारका लागि सम्पूर्ण नागरिक समाज र सञ्चारमाध्यमलाई पनि अपिल गरेको छ।