काठमाडौँ – काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई मद्देनजर गर्दै नेपाल आयल निगमले साउन १६ देखि टेकुस्थित आफ्नो कार्यालयबाट ग्याँस विक्री वितरणको व्यवस्था मिलाएको छ।
निगमले बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्याँस, एचपी ग्याँस, एभरेस्ट ग्याँस, सुगम ग्याँस र श्रीराम ग्याँसका सिलिन्डरहरू वितरण गरिरहेको छ।








