images
images

हेड्स नेपाल गोरखा र रानीस्वरा बचत तथा ऋण सहकारीबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

गोरखा – हेड्स नेपाल गोरखाका अध्यक्ष ओम श्रेष्ठ, रानीस्वरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठ तथा एनपीआई गोरखा अस्पतालका मेडिकल डाइरेक्टर संगम बाबु श्रेष्ठबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता (एमओयू) सम्पन्न भएको छ।

सम्झौताअनुसार हेड्स नेपाल गोरखा तथा रानीस्वरा बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले एनपीआई गोरखा अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत, छुट तथा गुणस्तरीय उपचार सेवा प्राप्त गर्नेछन्।

यस सहकार्यले स्थानीय समुदायलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
साथै, आगामी दिनमा पनि विभिन्न संघ–संस्था तथा सहकारीहरूसँग सहकार्य गर्दै जनमुखी र प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता एनपीआई गोरखा अस्पतालले जनाएको छ।

यस सम्झौताले हेड्स नेपाल गोरखा, रानीस्वरा बचत तथा ऋण सहकारी संस्था र एनपीआई गोरखा अस्पतालबीचको सहकार्यलाई थप मजबुत बनाउँदै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।