काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी रिहा गर्न आदेश दिएको हो ।
आइतबार राति घरबाटै पक्राउ गरिएका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरको अनुसन्धानका लागि भन्दै भक्तपुर सरकारी वकिल कार्यालयले माग गरेको थियो।
तर सरकारी वकिल कार्यालयले सात दिन माग गरे पनि म्याद थप्न अस्वीकार गरेको हो।








