काठमाडौँ- पूर्वाधार विकास मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ।
पूर्वाधारमन्त्री सुनिल लम्सालले करिब २५ वर्षपछि यातायात नीतिमा संशोधन गर्दै मन्त्रालयले राष्ट्रिय यातायात नीति कार्यान्वयनमा ल्याएको जानकारी गराएका हुन्।
यस नीतिमार्फत एकीकृत यातायात प्रणालीको विकास गर्दै दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिइएको पनि
सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकार्यमा प्रविधि र वातावरणमैत्री, ऊर्जा-दक्ष, सुरक्षित तथा सहज एकीकृत यातायात प्रणालीको विकास र व्यवस्थापन गर्न यो नीति तर्जुमा गरिएको मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रियस्तरमा सेफ सिस्टम एप्रोच कायम गरी दुर्घटना र मृत्युदर न्यूनीकरण गर्ने योजना नीतिमा लिइएको छ। नयाँ सडक पूर्वाधार निर्माण र सञ्चालनमा रोड सेफ्टी अडिट र क्र्यास इन्भेस्टिगेसन प्रणाली अनिवार्य गर्ने पनि नीतिमा योजना राखिएको छ।
त्यस्तै सातै प्रदेशहरूमा तत्काल उद्धारका लागि कम्तिमा एक वटा हेलिकप्टर सहितको उद्धार संरचना राख्ने व्यवस्था पनि नीतिमा गरिएको छ। नीतिले सार्वजनिक, सरकारी र नगर यातायातमा विद्युतीय सवारीलाई प्राथमिकता दिने पनि उल्लेख गरेको छ। त्यस्तै सहरी क्षेत्रमा मास ट्रान्जिटको चरणबद्ध विस्तार गर्ने पनि नीतिमा उल्लेख छ।
पूर्ण पाठ:








