images
images

बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी

बिरहेका किशोरले भाजपाको बलियो गढ मानिने बाँकीपुर सिटबाट जित निकाल्दै नयाँ इतिहास रचेका छन् ।

यो क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनले प्रतिनिहार– विगतमा विभिन्न राजनीतिक दलहरूलाई चुनाव जिताउन रणनीतिकारको भूमिका खेल्दै आएका प्रशान्त किशोरले यस पटक आफैं चुनावी मैदानमा उत्रिएर सानदार जित हासिल गरेका छन् ।

बिहारको राजधानी पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रको उपनिर्वाचनमा किशोरले भारतीय जनता पार्टी (भाजपा)को तीन दशक लामो वर्चस्वलाई समाप्त गरिदिएका हुन् ।

जन सुराज पार्टी (जेएसपी)का प्रमुखसमेत धित्व गर्दै आएका थिए । नबिन राज्यसभामा निर्वाचित भएपछि खाली भएको यस सिटमा किशोरले जित हासिल गरेका हुन् ।

जितपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशान्त किशोरले बाँकीपुरको विकासका लागि आफू तत्पर रहेको बताए । उनले भने, ‘बाँकीपुरमा अबको ३ महिनाभित्र देखिने गरी परिवर्तन आउनेछ। त्यसका लागि मलाई मात्र ३ महिनाको समय दिनुहोस् ।’

उनले थपे, ‘मेरो ढोका बाँकीपुरका जनताका लागि मात्र होइन, सम्पूर्ण बिहारका लागि खुला छ । मैले यहाँ कुनै असाधारण काम गरेको होइन, तर भाजपाको ३० वर्षको गढलाई मात्र ३० दिनमा भत्काइदिएको छु ।’

किशोरले बिहारका जनताले भाजपाको केन्द्रीय नेतृत्वलाई स्पष्ट सन्देश दिएको समेत दाबी गरे । उनले भने, ‘बिहारका जनता अब आपराधिक छवि वा विवादास्पद चरित्र भएको व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा हेर्न चाहँदैनन् ।’

बाँकीपुरको यो निर्वाचनलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको थियो । दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी आन्दोलन र ‘जेन–जी’ को असन्तुष्टिले यस क्षेत्रको निर्वाचनमा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ ।

धेरै शैक्षिक संस्थाहरू रहेको यस क्षेत्रमा युवा मतदाताको आक्रोशले भाजपालाई ठूलो धक्का दिएको छ । भाजपाका तर्फबाट उम्मेदवार बन्ने तय भएका अभिषेक कुमार सिन्हाले अन्तिम समयमा नाम फिर्ता लिएपछि पार्टीले युवा नेता नीरज कुमारलाई मैदानमा उतारेको थियो ।

त्यस्तै, राष्ट्रिय जनता दल (आरजेडी)ले रेखा कुमारीलाई उम्मेदवार बनाएको थियो । तर, किशोरको पक्षमा आएको जनलहरका अगाडि अन्य उम्मेदवारहरू फिक्का देखिए ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत किशोरलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘लोकतन्त्रको महान उत्सवमा बाँकीपुरका जनताले जन सुराजलाई रोजेका छन्। जनमतको कदर गर्दै म प्रशान्त किशोरजीलाई हार्दिक बधाई दिन्छु ।’

जन सुराज पार्टीका बिहार प्रमुख मनोज भारतीले यस जितलाई बिहारमा लोकतन्त्र जीवित राख्ने ठूलो सफलता भएको बताएका छन् । उनले भने, ‘हामीलाई ठूलो संख्यामा ‘मौन मतदाता’ को समर्थन प्राप्त भएको छ, जसले परिवर्तन रोजेका छन् ।’

सन् २०२५ को प्रदेश निर्वाचनमा खाता खोल्न नसकेको जन सुराजका लागि यो जित कोसेढुङ्गा सावित भएको छ । प्रशान्त किशोर आफैं उम्मेदवार बनेर जितेको यो पहिलो निर्वाचन हो ।