images
images

निगम भन्योः ग्यास अभाव छैन, नपाएको अवस्थामा फोन गर्नू

काठमाडौँ – नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको दाबी गरेको छ।

निगमले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालमा खाना पकाउने एलपी ग्यासको मासिक औषध खपत ४७ हजार मेट्रिक टन रहेको र हाल मागअनुसार आपूर्ति भइरहेको जनाएको हो।

यस्तै, उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रुपमा भण्डारण नगर्न आग्रह गरेको छ।

ग्यास नपाएको अवस्थामा निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा कार्यालय समयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।