images
images

हिन्दू र मुस्लिम समुदायका अगुवासँग गृह मन्त्रालयको छुट्टाछुट्टै छलफल

काठमाडौं– गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ । मंगलबार सिंहदबारस्थित मन्त्रालयको हलमा दुई समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरिएको हो ।

गृहमन्त्री सुधन गुरुङ समेतको उपस्थितीमा पहिला हिन्दु अगुवाहरूसँग छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल भएको थियो ।

आजको छलफलमा दुवै पक्षका समस्या सुन्ने काम भएको छ । समस्याहरुको यकीन पहिचान गरेर यसको समाधानका बारेमा राज्यले गर्नुपर्ने कामहरुको समेत सूची ल्याउन भनिएको प्रवक्ता काफ्लेले बताए ।

अहिले दुवै पक्षले सद्भाव कायम राख्न भूमिका खेलेको र यसैगरी आगामी दिनमा पनि यसलाई कायम राख्न भनिएको छ ।

आजको छलफलमा कुनै निर्णय भने भएको छैन । थप समस्या पहिचान गरेर समाधान गर्ने गरी दुबै समुदायलाई सँगै राखेर पुनः बैठक बस्ने गरी आजको छलफल टुंगिएको बताइएको छ ।