images
images

दुर्गा प्रसाईँ र धवलशमशेरले खोल्दै छन् नयाँ पार्टी

काठमाडौं= राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा. धवलशमशेर जबरा र  राजसंस्था पक्षीय अभियनता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्।

उनीहरूको पार्टीको नाम ‘जय नेपाल पार्टी’ हुने पार्टी स्रोतले जानकारी दिएको छ।

पार्टीको सभापतिमा धवल शमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने निश्चित भएको छ।

पार्टी स्रोतका अनुसार उनीहरूले सम्भवत: साउन २८ गते दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरेका छन्।