काठमाडौँ– कञ्चनपुरमा बलात्कारपछि हत्या भएको घटना निर्मला पन्तबारे प्रश्न गर्दा प्रश्न नसोध्न भन्दै रिसाएका गृहमन्त्रीले फेरि संसद्बाटै माफी मागेका छन्।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सुरुमा निर्मला पन्तबारे अनुसन्धान भइरहेको र प्रश्न नसोध्न भनेका थिए। नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भन्दै प्रश्न गर्दा अबदेखि प्रश्न नगर्नू भनेपछि फेरि विश्वकर्माले पश्न समय माग गर्दै कति महिना, कति दिनभित्र न्याय पाउने हुन् भन्दै प्रश्न गरेका थिए।
त्यसपछि रिसाएका गृहमन्त्री गुरुङले जवाफ दिन्न भन्दै रिसाएका थिए।
तर केही समयपछि अन्य सांसदले उठाएको प्रश्नको जवाफ दिनेक्रममा गुरुङले आफू केही ठाडो बोलेको हुन सक्ने भन्दै माफी मागेका छन्।
‘मेरोतर्फबाट अलिकति ठाडो तरिकाले भयो जस्तो लाग्यो मलाई पनि। यसका लागि म माफी माग्न चाहन्छु’, गुरुङले भने।
उनले विपद्सम्बन्धी छलफल भए पनि कसरी निर्मलाको विषय संसद्मा उठ्यो भन्दै प्रश्न पनि गरेका छन्। साथै निर्मलाबारे अनुसन्धान भइरहेको र बाहिर भन्ने विषय नरहेको उनको भनाइ छ।
उनले रिजल्ट आउने गरी काम भइरहेको संसद्लाई जानकारी गराए।








