images
images

सरकारको नियतमा प्रश्न छैन तर ढंग पुगेको छैन: मनिष झा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिषा झाले सरकारको ढंग नपुगेको जस्तो देखिएको बताएका छन्।

सरकारले आफ्नो ढंग नपुगेको स्वीकार गर्नुपर्नेसमेत उनले बताए। शुक्रबारको संसद् बैठकमा बोल्दै उनले सरकारको नियतमा कुनै शंका नरहेको तर ढंग नपुगेको भन्दै आलोचना गरेका हुन्।

‘अहिलेको कुरामा इन्टिग्रेटीमा प्रश्न छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कताकता ढंग नपुगेको हो कि भन्ने चाहीँ लाग्छ। त्यो स्वीकार्नुपर्छ’, झाले भने।

उनले थाहा नपाएको विषय पहिले जान्नुपर्ने र सिक्नुपर्ने बताए। ‘त्यसैले गर्दाखेरी मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ। त्यो कुरा सिक्नुपर्दछ’, उनले भने।

राज्य प्रणालीको सञ्चालनमा अझै ढंग सुधार्नुपर्छ धारणा राखे। ‘हामीले हरेक दिन राज्य प्रणालीको सञ्चालनमा अझै ढंग सुधार्नुपर्छ कि भन्ने लाग्छ। समाज शिक्षित नरहेसम्म राजनीति जीवित रहँदैन। यदि राजनीति जीवित छैन भने लाेकतन्त्र जीवित रहँदैन। यदि लोकतन्त्र जीवित भएन भने सामाजिक सन्तुलन जीवित रहँदैन। सामाजिक सन्तुलन जीवित छैन। भने सामाजिक न्याय रहँदैन। सामाजिक न्याय जीवित छैन भने समाजिक बृद्धि र विकास हुँदैन’, झाले भने।