images
images

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच ४५ मिनेट कुराकानी

काठमाडौं- प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार बेलुकी ४५ मिनेट कुराकानी भएको छ ।

प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए ।

बालेनले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएका थिए।

स्रोतका अनुसार, केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको छ।

भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणबारे पनि छलफल भएको बुझिएको छ।