काठमाडौँ– केही दिनअघि हङकङबाट फर्केका नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूह हिन्दुराष्ट्रका पक्षमा खुलेर उभिएको छ। देउवा समूह घुमाउरो रूपले राजसंस्थाको पक्षमा पनि देखिएको छ।
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि अहिले देउवा समूह पार्टीविहीन अवस्थामा छ। गगन थापा नेतृत्वलाई नमान्ने भन्दै छुट्टै भेला गर्दै आइरहेको देउवा र कोइराला (शंशाक कोइराला) समूह काठमाडौँमा दुई दिनसम्म चलेको राष्ट्रिय भेलाबाट हिन्दुराष्ट्रका पक्षमा खुलेको हो। त्यस्तै, बिपीको राष्ट्रियता र मेलमिलापको नीतिलाई समर्थन गर्ने अडानसाथ ऊ राजसंस्थाको पक्षमा पनि देखिएको हो।
यद्यपि यसअघि नै कांग्रेसका नेता शंकर भण्डारी समूहले पार्टीभित्र राजसंस्था र हिन्दुराष्ट्रका विषयमा आवाज उठाउँदै आएको थियो। उनीहरूको आवाज निकै सशक्त रूपमा अघि बढिरहे पनि यसको प्रभाव स्थापित भइसकेको थिएन।
जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक दिशा र पार्टीभित्र किनारामा पुगेका देउवा र कोइराला समूह राष्ट्रिय भेलाबाट राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा खुलेका हुन्।
आइतबार सम्पन्न भेलाले बिपीको मेलमिलाप नीतिअनुसार पार्टी अगाडि बढ्ने निर्णय गरेको छ। निर्णय नम्बर २ मा उक्त नीतिअनुसार राष्ट्रिय र लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्र सुदृढीकरणका लागि क्रियाशील हुने निर्णय गरेको छ।
बिपी (बिपी कोइराला) २०३३ साल पुसमा भारतबाट स्वदेश फर्किँदा राजसंस्था र लोकतन्त्रवादी शक्तिहरू मिल्नुपर्ने नीति अवलम्बन गरेका थिए। त्यस समयमा उनको नीति राजसंस्था र लोकतवादी संस्थाहरू नमिले देशमा विदेशी शक्तिको हस्तक्षप बढ्ने थियो।
त्यही नीतिलाई राष्ट्रिय भेलाले जोडतोडले उठाएको छ। ‘२०३३ सालमा महामानव वीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमीलापको नीतिलाई ध्यानमा राखि देश फर्कुनु भएको थियो। आज पनि देश अप्ठेरो स्थितिमा छ। यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसँग संवादगरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि क्रियाशील रहने’, राष्ट्रिय भेलाको निर्णयमा भनिएको छ।
राष्ट्रिय भेलाले अर्को महत्वपूर्ण नीति पनि अवलम्बन गरेको छ। सनातनदेखि चलिआएको धर्म राष्ट्रिय पहिचानकारुपमा स्वीकार गरेको छ। निर्णय नम्बर ३ मा निर्णय गर्दै देउवा समूहले सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा अगाडि बढाउने बताएको छ।
नेपालको संविधान २०७२ मा सबै धर्म बराबरका रुपमा व्यवस्था गरिएको छ।
तर देउवा समूहले सनातन धर्मलाई राष्ट्रको पहिचानकारुपमा अगाडि बढाउने भन्दै निर्णयमा भनेको छ– ‘नेपालको सनातनदेखि चली आएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, वौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ।’
देउवाले भेलामा ‘म हिन्दु हुँ, म हिन्दु हुँ, म हिन्दु हुँ’ भन्दै सनातन हिन्दु धर्मका पक्षमा आफूलाई खुला रूपमा उभ्याएका थिए।
तर, समापन सत्रमा भेलाका निर्णयहरू वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच धर्मसम्बन्धी शब्दावलीलाई लिएर विवाद भएको थियो।
महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समावेश गरिएको थियो। निधिले भने उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्रै उल्लेख गर्नुपर्ने अडान राखेका थिए।
विषयमा विवाद बढेपछि मञ्चमै दुई नेताबीच निर्णय लेखिएको कागज तानातान भएको थियो। त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए।
देउवाको हस्तक्षेपपछि महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो।
यस्ता छन् देउवा पक्षीय भेलाले गरेको निर्णय:









