काठमाडौं– नेपालको होरा ईस्पोर्ट्सले फ्रान्सको पेरिसमा भएको ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा आठौं स्थान हासिल गरेको छ ।
फाइनलको अन्तिम दिन स्म्याश रुल लागु भएको थियो तर खेलको नतिजा टुङ्गो लाग्न भने अन्तिम खेलसम्म कुर्नुपर्यो । होराले १८ खेलमा कुल १०९ अंक जोडेर आठौं स्थान हासिल गरेको हो ।
आठौं स्थानमा फिनिस गरेसँगै होराले कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ । समूह चरणमा ५७ हजार ५०० डलर पुरस्कार जितेको होराले फाइनलमा ७० हजार अमेरिकी डलर पुरस्कार जित्यो ।
१ लाख २७ हजार अमेरिकी डलरको नेपाली मूल्य आजको दर अनुसार करिब १ करोड ९४ लाख ३१ हजार नेपाली रुपैयाँ हुन आउँछ ।
यसअघि गत संस्करणको विश्वकपमा होरा नवौं भएर १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।








