images
images

भारतीय सेनाअध्यक्ष सेठले भोलि प्रधानमन्त्री वालेन्द्र भेट्दै

काठमाडौँ – भारतीय सेनाअध्यक्ष तथा नेपाली सेनाका मानार्थ सेनापति धीरज सेठले भोलि प्रधानमन्त्ती बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाट मंगलबार हुनेछ।

आइतबार प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरेका थिए।

गत जुन ३० मा भारतीय सेनाको नेतृत्वमा सम्हालेका जनरल सेठले कार्यभार सम्हालेको ६ महिनाभित्रै पहिलो विदेश गन्तव्यका रुपमा नेपाल आएका हुन्।

नेपाल र भारतका सेना प्रमुख एक अर्काका मुलुकका मानार्थ सैन्य प्रमुख हुने परम्परा ६ दशकभन्दा बढी समयदेखि निरन्तरता पाउँदै आएको भए पनि पछिल्लो पाँच वर्षदेखि भारतीय सेनामा गोरखा सेना भर्ती बन्द भएकोले आगामी वर्षहरुमा यो परम्परामा अड्कलबाजी भइरहेको छ।