images
images

आफैँले बनाएको संविधानको विपक्षमा नलाग्न देउवालाई प्रचण्डको चेतावनी

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता शेरबहादुर देउवालाई हिन्दू धर्मको लाइन नलिन चेतावनी दिएका छन्।

मंगलबार पार्टीको बागमति प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले देउवालाई हिन्दू धर्मको एजेण्डा बोकेर राजनीति नगर्न सुझाएका हुन्।

कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दू भएको टिप्पणी गरेका थिए। जसले उनी धर्म निरपेक्षताबाट हिन्दू धर्मको एजेण्डामा प्रवेश गरेको प्रष्ट संकेत दिएको छ।

दाहालले देउवाले धर्मनिरपेक्षता भन्दा दायाँबायाँ लागे देउवा सकिने चेतावनी दिएका हुन्। प्रचण्डले आफैँले बनाएको संविधानभन्दा बाहिर गएर राजनीति नगर्न देउवालाई भनेका छन्।