images
images

रास्वपाकाे प्रवक्तामा जगदिश खरेल

रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय प्रवक्तामा जगदिश खरेललाई मनोनीत गरेकाे छ । सभापति रवि लामिछानेकाे प्रस्तावमा केन्द्रीय समितिले पूर्वसञ्चारमन्त्री खरेललाई प्रवक्ता मनोनीत गरेकाे हाे ।

सहप्रवक्तामा सुरेन्द्र चौधरी मनोनीत भएका छन् । केन्द्रीय समितिले ९ जना केन्द्रीय सदस्य र ११ जना सचिवालय सदस्य मनाेनीत गरेकाे छ ।

केन्द्रीय समितिले विभाग प्रमुखहरू पनि मनोनीत गरेकाे छ ।