काठमाडौं — दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत नयाँ बिक्री केन्द्र (सेल्स आउटलेट) खोल्नका लागि दिइँदै आएको अनुमति अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
डीडीसीले नयाँ बिक्री केन्द्र सञ्चालनका लागि अनुमति माग गर्ने सम्बन्धित व्यक्ति तथा संस्थालाई हाललाई अनुमति प्रक्रिया स्थगित गरिएको जानकारी गराएको हो।
संस्थानका अनुसार अर्को सूचना जारी नभएसम्म नयाँ बिक्री केन्द्र खोल्नका लागि कुनै पनि नयाँ अनुमति प्रदान गरिने छैन। बिक्री केन्द्र सञ्चालनसम्बन्धी नयाँ व्यवस्था वा अनुमति प्रक्रिया पुनः सुरु हुने सम्बन्धमा पछि सूचना प्रकाशित गरिने जनाइएको छ।
डीडीसीले यस निर्णयबारे सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ।









