images
images

रसुवा बाढी प्रभावितका लागि राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

सरकारले बुधबार बिहान ८:४० बजे भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकाले त्यसमा सहयोग गर्न अपिल गरेको हो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् ।

बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको थियो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको सरकारले जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता रहेको सरकारले जनाएको छ ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सरकारले सबैमा अपिल गरेको छ ।

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ । सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले सरकारले उल्लेख गरेका बैंक खातामार्फत रकम जम्मा गर्न सक्नेछन् ।

787197008_993456657052709_1967024837941590482_n-(1)-1787752942.jpg