काठमाडौं- रसुवाको भीषण बाढीमा परी ज्यान गुमाएकाको शवबाट कानको मुन्द्रा निकाल्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बाढीमा ज्यान गुमाएर बग्दै नारायणीसम्म पुगेको शवबाट कानको मुन्द्रा निकाल्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो।
शवबाट कानको मुन्द्रा निकालेको भिडियो भाइरल भएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।
सोही भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो।
चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन्।








