images
images

भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग

काठमाडौं–नेपाल पत्रकार महासंघले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका सम्पर्कविहीन भएका पत्रकार र उनीहरुको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन भएका खबर नेपाल पत्रकार महासंघलाई प्राप्त भएको जानकारी दिएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार मानसरोवर भ्रमणमा गएका पत्रकार शेखर ढुंगाना पत्नीसहित यही बुधबारदेखि सम्पर्कविहीन भएको महासंघको भक्तपुर शाखाले जानकारी गराएको बताएका छन् ।

त्यस्तै शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा, उनकी आमा र दिदीसहित सम्पर्कविहीन भएको दाहालले बताए ।

उनले सम्पर्कविहीन पत्रकार र उनीहरूका परिवारको खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरुको खोजीका लागि महासंघले सक्दो प्रयास गरिरहेको बताउँदै महासचिव दाहाले बाढीका कारण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई परेको समस्याबारे महासंघलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् ।

786035635_1047737764554377_8085076864255118317_n-1787848008.jpg