images
images

रसुवाका बाढीपीडितको साथमा भावना गजुरेल, दिइन् १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं — रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि वैदेशिक रोजगार व्यवसायी संघकी सदस्य तथा कुवेत संयोजक भावना गजुरेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।

प्राकृतिक विपत्तिले प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उनले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेकी हुन्।

रसुवामा आएको बाढी तथा पहिरोले विभिन्न क्षेत्र प्रभावित बनेका छन्। विपत्तिका कारण जनधनको क्षति हुनुका साथै धेरै परिवार समस्यामा परेका छन्। प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रसँगै व्यक्तिगत पहलबाट पनि सहयोग जुटिरहेको छ।

यही क्रममा गजुरेलले आफ्नो क्षमताअनुसार बाढीपीडितको सहयोगका लागि हात बढाएकी हुन्।
उनले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहतको आवश्यकता पर्ने बताउँदै सबैलाई मानवीय सहयोगका लागि एकजुट हुन आग्रह गरेकी छन्।
‘विपत्तिमा परेका परिवारलाई यो समयमा साथ र सहयोगको आवश्यकता छ,’ गजुरेलले बताएकी छन्। उनले आफ्नो सहयोग सानो भए पनि पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने प्रयास भएको उल्लेख गरेकी छन्।

उनले व्यक्ति तथा विभिन्न संघसंस्थालाई पनि रसुवा बाढीपीडितको राहत र पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेकी छन्।