images
images

ताल फुटेपछिको बाढी स्याप्रुबेसी आइपुग्यो

काठमाडौँ– तिब्बत क्षेत्रबाट ताल फुटेर आएको अर्को बाढी रसुवाको स्याप्रुबेसी आइपुगेको छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:३० बजे बाढी स्याप्रुबेसी आइपुगेको जानकारी गराएको हो। बुधबार हिमपहिरो आएपछि चीनको तिब्बत क्षेत्रको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा नदी थुनिएर ताल बनेको थियो।

उक्त ताल शुक्रबार बिहान फुटेको चिनयापक्षले नेपाललाई जानकारी गराएको थियो। ताल फुटेर आएको बाढीले भोटेकोशी नदीमा पानीको बहाब हढाएको छ।

कति ठूलो बाढी भन्ने खुलाइएको छैन। सामान्यतया बाढी बढेको र भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बुधबार आएको बाढीले हालसम्म नेपालमा ३८९ जनाको मृत्यु भएको छ भने ९७७ जना सम्पर्कविहीन रहेका छन्।