images
images

त्रिशूली ३ ए सुरुङको माथिल्लो भागमा पुगे उद्धारकर्मी

काठमाडौँ- रसुवा बाढीका कारण त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूको टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्।

गृहमन्त्री सुधन गुरुङले उद्धारकार्यको अपडेट दिँदै उक्त जानकारी दिएका हुन्।

सुरुङको माथिल्लो भागसम्म पुगेर सानो प्वालबाट हावा पठाउन सुरु गरेको जानकारी उनले दिएका छन्। उनका अनुसार त्यहाँबाट खनेर उद्धारटोली भित्र पठाउने योजना छ।

उनले सामाजिक सञ्जालमा शनिबार बेलुकी लेखेका छन्-  हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।