images
images

बाढी प्रभावितको राहतका लागि पद्म ज्योति समूहद्वारा १ करोड रुपैयाँ सहयोग

काठमाडौँ- हालैको आकस्मिक बाढीबाट प्रभावित भएका परिवार तथा समुदायको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पद्म ज्योति समूहले आर्थिक सहयोग प्रदान गरेको छ।

व्यावसायिक संस्था ज्योति समूह अन्तर्गतको पद्म ज्योति समूहले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद रु. १,००,००,००० (एक करोड रुपैयाँ) योगदान गरेको हो।

विपदको यस कठिन घडीमा समूहले बाढीबाट प्रभावित सबै नागरिक तथा परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित क्षेत्रका नागरिकहरूको जनजीवन छिट्टै सामान्य बन्न सकोस् भन्दै समूहले शीघ्र पुनर्स्थापनाको हार्दिक कामना समेत व्यक्त गरेको छ।