काठमाडाैँ– रसुवाबाढीका पीडितहरूलाई सहयोग गर्न सानिमा बैंकले लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
विभिन्न संघसंस्थाहरूले बाढीपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिरहेका छन्।








