images
images

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकको तीन करोड एक लाख रुपैयाँ सहयोग

काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

बैंकले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको प्राइमले  जनाएको छ ।

प्राइम कमर्सियल बैंकले देशमा आइपर्ने प्राकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दै आएको जनाएको छ।

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्दै आएको उल्लेख गरेको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।