images
images

विष्णुमती नदीमा बाढीको सतह बढ्यो : गोंगबु आसपास र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह

काठमाडौँ — काठमाडौँस्थित विष्णुमती नदीमा पानीको बहाव बढेर खतराको तह नजिक पुगेको छ।

लगातारको वर्षाका कारण गोंगबु जल मापन केन्द्रमा जल सतह तीव्र रूपमा वृद्धि भई जोखिमपूर्ण अवस्था सिर्जना भएको हो।

बाढी पूर्वानुमान महाशाखाले केही बेर अघि विशेष सूचना जारी गर्दै नदीको जल सतह अझै बढ्दो क्रममा रहेको जानकारी दिएको छ।

सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले विष्णुमती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बासिन्दाहरूलाई बिहानसम्म नै उच्च सतर्कता अपनाउन र सुरक्षित रहन विशेष अनुरोध गरेको छ।