images
images

२८९ पर्यटकको उद्धार, ५९१ जना अझै सम्पर्कविहीन

काठमाडौँ– रसुवा बाढीमा बेपत्ता भएका मध्ये २ सय ८९ जना पर्यटकको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माकाअनुसार बाढीमा अझै ५ सय ९१ जना सम्पर्कविहीन रहेका छन्। उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा विदेशी दुवै नागरिक रहेका छन्।

पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्राप्त तथ्याङ्कअनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी १ सय ८० जना भारतीय नागरिक रहेका छन्।

यस्तै, चीनका ८९ जना र अन्य विभिन्न देशका पर्यटकहरूको उद्धार गरिएको छ। बोर्डले हालसम्म १२ वटा राष्ट्रका पर्यटकहरूको तथ्याङ्क संकलन गरी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नियमित अपडेट गरिरहेको जनाएको छ।

प्रवक्ता शर्माले विपद्को जानकारी प्राप्त हुनासाथ बोर्डले सक्रियता देखाएको बताए। अगस्ट २६ देखि नै कैलाश मानसरोवरका टुर अपरेटर तथा अन्य सरोकारवालाहरूसँग बैठक बसी सूचना संकलन शुरु गरिएको थियो।

सूचनालाई व्यवस्थित बनाउन गुगल फर्म, इमेल र ह्वाट्सएपको प्रयोग गरिएको छ भने पर्यटक प्रहरीसँग तथ्याङ्क प्रमाणीकरण गर्ने काम भइरहेको छ।