images
images

महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र

काठमाडौं– भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले स्वदेश तथा विदेशबाट आर्थिक तथा राहत सहयोग जुटाइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री राहत कोषका नौवटा वाणिज्य बैंकका खातामा हालसम्म ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ जम्मा भएको जानकारी दिए ।

त्यसमध्ये एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। निकासापछि कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ।

बाढीपछि मित्रराष्ट्रबाट समेत ठूलो मात्रामा सहयोग प्राप्त भइरहेको छ। चीनले ३० करोड रुपैयाँ नगद र ५० टन राहत सामग्री, भारतले ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। भारतको ११ सदस्यीय उद्धार टोलीसमेत नेपालमा परिचालित छ।

अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएका छन्। यूएईले ८३ टन राहत सामग्री उपलब्ध गराउनुका साथै थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पाकिस्तानबाट ८६ टन, स्विट्जरल्यान्डबाट १० लाख स्विस फ्र्याङ्क बराबरको सहयोग प्राप्त हुने प्रधानमन्त्री शाहले जानकारी दिए । श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।

यस्तै, एडीबीले ५० लाख अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता र विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। बेलायत, जापान, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका निकायबाट पनि सहयोग जारी रहेको उनले बताएका छन्।