काठमाडौं — विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै चितवन को–ई समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
समूहले आफ्ना सहायक कम्पनीहरू मनकामना केबलकार र चितवन मिल्क लिमिटेडमार्फत उक्त रकम सहयोगस्वरूप प्रदान गरेको जनाएको छ। सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। हालै रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै समूहले विपद्पीडितहरूको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। “संकटको समयमा आफ्ना समुदायसँग उभिनु हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो,” समूहले जनाएको छ।
रसुवा र नुवाकोटका बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासका साथ चितवन को–ई समूहले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।








