images
images

बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता

काठमाडौँ- रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार २०४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ शव फेला परेको छ ।

फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन् । यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण चार हजार २१६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।

बाढीमा परी ३०१ जना घाइते भएका छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीका कारण घरबारविहीन भएका तीन हजार ४५३ नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका ‘होल्डिङ सेन्टर’मा रहेको प्राधिकरणले जनाएको छ । रासस